बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०७८ फागुन ६ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शिवपुरी गाउँपालिका–८ का २७ वर्षीय जीवन श्रेष्ठलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले फागुन ४ गते मुद्दाको अन्तिम फैसला गर्दै १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिवाना भराउन फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी रीता लामिछानेले जानकारी दिनुभयो ।

पीडित बालिकालाई श्रेष्ठले ०७७ जेठ २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७७ जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दता दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २८ गते नै त्रिशुली अस्पतालमा भएको थियो ।

कसुरदार ठहर भएका श्रेष्ठलाई जिल्ला अदालतले ०७७ असार १९ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।


नवदीप श्रेष्ठ