बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला
५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा साकेला गाउँपालिका-२ का ५१ वर्षीय टिकाराम दमाईलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले दमाईलाई दोषी ठहर गर्दै १० वर्षकैद र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले जानकारी दिए ।
आरोपितविरुद्ध खोटाङ जिल्ला अदालतमा फागुन १५ गते 'जबरजस्ती करणी' महल अन्तर्गतको मुद्दा दर्ता भएकोमा चैत २ गतेदेखि उनी पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा छन् ।
पीडित महिलालाई आरोपितले ०७३ फागुन ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय खोटाङमा फागुन १२ गते उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा फागुन १२ गते भएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले फागुन १५ गते गिरफ्तार गरेको थियो ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…