बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०७७ चैत २७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ का २४ वर्षीय सुमन सुन्दासलाई चैत २६ गते १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश गेहेन्द्रराज पन्तको चैत २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार नवराज कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७६ जेठ २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा असार १६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १७ गते गरिएको थियो ।


गणेश विष्ट