बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका भरतपुर महानगरपालिका–११ का २० वर्षीय अनिल तामाङलाई चितवन जिल्ला अदालतले जेठ ९ गते १० वर्ष कैदसहित २५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजालसले उक्त फैसला गरेको हो ।

पीडित बालिकालाई तामाङले ०७५ साउन ७ गते बलात्कार गरेको भन्दै साउन १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको थियो । तामाङलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।


दीपेन्द्र अधिकारी