बलात्कार गरेको कसुरमा १० वर्ष कैदको सजाय
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा पर्वतको कुश्मा नगरपालिका–१ पाङ सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्रीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश सुर्यबहादुर थापाको इजलासले क्षेत्रीलाई असोज १७ गतेको फैसलाले १० वर्ष कैद सजाय सुनाएको हो ।
पीडित बालिकालाई क्षेत्री, १७ वर्षीय दुई जना बालक र न्यू सेवा गेष्ट हाउसका सञ्चालक ३८ वर्षीय शेरबहादुर हमालले ०७४ चैत १५ गते बलात्कार गरेको आरोपमा सोही दिन चारै जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
क्षेत्रीलाई मुलुकी ऐन अन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको हो ।
उमेर नपुगेका दुई जना बालकमध्ये एक जनालाई पाँच वर्ष र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला गरिएको छ । अदालतले होटल सञ्चालक हमाललाई भने सफाई दिएको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…