बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०८१ फागुन २ गते

१९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१ का २७ वर्षीय दामोदर खैकला मगरलाई जिल्ला अदालतले सात वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन २ गते दोषी ठहर गर्दै मगरलाई सात वर्ष कैद, ३ लाख २० हजार रुपियाँ जरिबाना र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

मगरले ०८० पुस ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पुस ७ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण पुस ७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । प्रहरीले आरोपितलाई पुस ७ गते गिरफ्तार गरेको थियो ।


जयनारायण पुन