बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०८१ माघ ११ गते

१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद, ३ लाख रुपियाँ जरिबाना, १ लाख रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १२ हजार रुपियाँ जम्मा गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिनु भयो ।

पीडित युवतीलाई ०८० मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ असार १३ गते इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दिएको थियो । गुरुङलाई प्रहरीले ०८१ असार १३ गते गिरफ्तार गरेको थियो ।


दयाराम आचार्य