बलात्कार गरेको कसुरमा सात वर्ष कैद

  ०८१ मङ्सिर १५ गते

४१  वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका-२९ जुगेडीका ५४ वर्षीय गोपाल गुरुङलाई जिल्ला अदालतका न्यायधीश पुष्पराज थपलियाको इजलासले मङ्सिर १५ गते ७ वर्ष कैद, २ हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

पीडित महिलालाई कथित झाँक्री गुरुङले असार २ गते बलात्कार गरेको भनी पीडितले असार ३ गते जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा उजुरी दिएकी थिइन् ।

प्रहरीले आरोपितलाई असार ३ गते गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।


दिपेन्द्र अधिकारी