बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला
५७ वर्षी एक महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले नीलकण्ठ नगरपालिका-२ का चित्रबहादुर गुरुङलाई सात वर्ष कैदको फैसला गरेको छ ।
६ वर्ष अघि बलात्कार गरी फरार भएको घटनासम्बन्धी मुद्दाको जिल्ला अदालतले भदौ २८ गते सो फैसला सुनाएको छ ।
न्यायधीश मनकुमारी जिएम बिकको इजलासले कसुरदारलाई सा वर्ष कैद गर्दै २ लाख रुपैयाँ जरिबाना गर्न तथा पीडितलाई सो जरिबानाको रकम क्षतिपूर्ति दिन फैसला गरेको जिल्गला अदालतले जनाएको छ ।
०७५ साउन २७ गते पीडित महिलालाई गुरुङले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
सोही दिन जिल्ला अदालत धादिङमा पीडितको स्वास्थ्य परीक्षण गरिएको थियो । ०७५ पुस २४ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दाका आरोपित चित्रबहादुर गुरुङ फरार भएकोले ०७६ कात्तिक २५ गते मुद्दा मुल्तबीमा राखिएको थियो ।
सर्वाेच्च अदालतले दुई वर्ष पुराना मुद्दा बाँकी नराख्नु भन्ने आदेश र जिल्ला अदालतको पुराना मुद्दाको किनारा लगाउने नीति अन्तर्गत ०८० माघ १२ गते सो मुद्दा जगाइएको थियो । हाल पनि कसुरदार फरार रहेको प्रहरीले जनाएको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…