बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०८१ असार २४ गते

४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० सुसलिङका २३ वर्षीय नरेल लिम्बूलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ असार २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार ऋतु राईले बताउनु भयो ।

पीडितलाई आरोपितले ०८० चैत ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०८० चैत १५ गते प्रहरीले घरबाटै गिरफ्तार गरी सरकारी वकिलको कार्यालमार्फत जिल्ला अदालतमा ०८० वैशाख ८ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८० वैशाख ८ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० चैत १५ गते गरिएको थियो ।


सुरेश खत्री