बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०८० भदौ २६ गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लाँलीगुरास नगरपालिका-४ का ३१ वर्षीय दावा शेर्पालाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० भदौ २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ साउन ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध  साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा  आरोपितलाई प्रहरीले ०७९ साउन १२ गते घरबाटै गिरफ्तार गरी सरकारी वकिलको कार्यालमार्फत जिल्ला अदालतमा भदौ ६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको भदौ ६ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ साउन १२ गते गरिएको थियो ।


सुरेश खत्री