बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०८० जेठ २४ गते

४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र पीडितले पाउने गरी ५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले बताउनु भयो ।

पीडित महिलालाई आरोपितले ०७९ असार २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ साउन ४ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई ०७९ साउन ५ गते घरबाटै गिरफ्तार गरी सरकारी वलिकको कार्यालयमार्फत् जिल्ला अदालतमा साउन २६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको ०७९ साउन २९ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ साउन ४ गते कटारी अस्पतालमा गरिएको थियो ।


राकेश नेपाली