बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय फैसला

  ०७९ माघ २६ गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–१० का ३६ वर्षीय बद्री धमलालाई जिल्ला अदालत नुवाकोटले सात वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासबाट ०७९ माघ २५ गते अन्तिम फैसला गर्दै सात वर्ष ६ महिना कैद सजाय र ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी तथा इजलास अधिकृत रीता लामिछानेले जानकारी दिनुभयो ।

पीडित महिलालाई धमलाले ०७७ मङ्सिर २० गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २१ गते उजुरी दर्ता भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २१ गते त्रिशूली अस्पतालमा गरिएको थियो । जिल्ला अदालतले धमलालाई ०७७ पुस १३ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।


नवदीप श्रेष्ठ