बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चन्द्रनगर गाउँपालिका–७ का ३२ वर्षीय हरमेश कापरलाई जिल्ला अदालतलले पुस २७ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै सात वर्ष कैद, २ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ असार १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार १७ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ असार १७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।


बुधन साह