बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बागलुङ नगरपालिका–५ का ४० वर्षीय भरत सापकोटालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको चैत १० गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी कसुरमा आरोपितलाई सात वर्ष कैद सजाय सहित एक लाख रुपियाँ क्षतिपुर्तिको फैसला र एक हजार तीन सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको बागलुङ जिल्ला अदालतका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७७ साउन १६ र १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत भदौ ८ गते जिल्ला अदालत बागलुङमा जबरजस्तीकरणी शीर्षकमा मुद्दा गर्दा गरेको थियो ।
आरोपित जिल्ला अदालतको भदौ ९ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…