बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
४२ वर्षीया एक महिलालाई बलात्कार गरेको ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर नपा-१० भट्टेका ६० वर्षीय केवल खत्रीलाई पाँच वर्षकैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश चुरामण खड्काको इजलासले मङ्सिर ९ गते घटनामा दोषी ठहर गर्दै खत्रीलाई पाँच वर्षकैद तथा पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध भराउने फैसला सुनाएको अदालतका श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।
पीडित महिलालाई आरोपितले गएको भदौ २८ गते बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय तुलसीपुरमा सोही दिन उजुरी दिएकी थिइन् ।
उजुरी लगत्तै प्रहरीले आरोपितलाई असोज २ गते गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भदौ २८ गते नै गरिएको थियो ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…
निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)
सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका…
हत्या घटनाका आरोपितविरुद्ध उजुरी
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी…