बलात्कार गरेको कसुरमा पाँच वर्षकैद फैसला
३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै शान्तिनगर गाउँपालिका-२ का ३५ वर्षीय रेउले घर्तीलाई जिल्ला अदालतले पाँच वर्षकैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले वैशाख २१ गते घर्तीलाई पाँच वर्षकैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
पीडित महिलालाई बलात्कार र उनकी ११ वर्षीया छोरीलाई आरोपित घर्तीले ०७३ फागुन १३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन १८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए ।
जिल्ला अदालतले बालिकालाई आशय करणी भएको ठहर गरेको छ । पीडित पक्षले उजुरी दिएपछि फागुन १९ गते घर्तीलाई गिरफ्तार गरी मुद्दा चलाइएको थियो ।
दुवै जना पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते राप्ती अञ्चल अस्पतालमा भएको थियो ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…