बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

  ०७३ माघ २६ गते

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालतले सैघा-१ का २१ वर्षीय महेन्द्र थापालाई पाँच वर्ष कैद गर्ने फैसला गरेको छ ।

 

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ २६ गते अभियोगमा दोषी ठहर गर्दै थापालाई पाँच वर्ष कैद तथा पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।

 

पीडित बालिकालाई आरोपितले गत भदौ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले भदौ १५ गते थापालाई गिरफ्तार गरेको थियो ।


जे.एन.सागर