बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

  ०८१ असोज १५ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-११ गाईघाटका २५ वर्षीय प्रशान्त चौधरीलाई पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ असोज १३ गतेको इजलासले कसुर ठहर गर्दै कैद सजायको फैसला आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित युवतीलाई ०८० साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कसुरदारविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०८० साउन २४ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा भदौ १८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० साउन २४ गते गरिएको थियो ।


राकेश नेपाली