बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० पुस २० गतेको इजलासले १५ वर्षीय बालकलाई पाँच वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । कसुरदारबाट गरिएको जरिबाना बापतको रकम पीडितलाई क्षतिपुर्ति दिने फैसला गरिएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयाे ।

पीडित बालिकालाई बालकले ०७९ पुस २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० जेठ १३ गते इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १४ गते धादिङ अस्पतालमा भयो । बालक सोही दिन गिरफ्तार भएका थिए ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत बालक विरुद्ध जिल्ला अदालतमा असार ६ गते मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको सोही दिनको आदेशले बालकलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।


सीताराम अधिकारी