बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजाय
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले कुश्मा नपा–८ चुवाका ३५ वर्षीय दुर्गाबहादुर क्षेत्रीलाई पाँच वर्ष कैद र ५० हजार क्षतिपुर्तिको भराउने सजाय सुनाएको छ ।
न्यायाधीश सुर्यबहादुर थापाको असोज ९ गतेको इजलासले क्षेत्रीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
पीडित महिलालाई क्षेत्रीले जेठ १८ बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १९ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई जेठ १९ गते गिरफ्तार गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १९ गते जिल्ला अस्पतालमा गरिएको थियो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…