बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षाका लागि बालसुधार गृह विराटगरमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख ६ गते पाँच वर्ष कैद र क्षतिपुर्ति बापत ५० हजार रुपियाँ उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बलात्कारको ठहर गर्दै बालकको हकमा कैद सजाय घटाइ यस्तो फैसला सुनाइएको अदालतले जनाएको छ ।

०७४ भदौ १६ गते बालकले बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २० गते नै जिल्ला अस्पतालमा गरिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपित बालकलाई प्रहरीले भदौ २० गते गिरफ्तार गरेकामा अदालतले असोज २३ गते पुर्पक्षका लागि बालसुधार गृह विराटनगर पठाउने आदेश दिएको थियो ।


भरत खड्का