बलात्कार गरेको कसुरमा पाँच वर्षजेल सजायको फैसला
२४ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा सर्लाही जिल्ला हरिवन गाविस-९ का २४ वर्षीय गणेश भनिने ज्ञानबहादुर कार्कीलाई जिल्ला अदालतले साउन २६ गते पाँच वर्षजेल र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।
न्यायधीश राजकुमार कोइरालाको इजालासले कार्कीलाई जेल सजायसँगै पीडितको हकमा क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको हो । आरोपित कार्कीले ०७२ साउन १३ गते ती युवतीलाई बलात्कार गरेको आरोप थियो ।
कार्की विरूद्ध पीडितले ०७२ साउन १४ गते इलाका प्रहरी कार्यालय कटारीमा निवेदन दिएपछि सोही दिन कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
भरत खड्का
सम्बन्धित समाचारहरू
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…