बलात्कार गरेको कसुरमा नौ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४७ वर्षीय हजुरबालाई खोटाङ जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको इजालसले ०७५ वैशाख ५ गते नौ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ असार २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले असार ९ गते गिरफ्तार गरी हाडनातामा बलात्कार गरेको आरोपमा चलाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७४ असार ९ गते नै जिल्ला अस्पताल खोटाङमा गरिएको थियो ।


सुनिता मगर