बलात्कार गरेको कसुरमा नौ वर्ष ६ महिना कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–४ का ४९ वर्षीय रमेश भनिने पुर्खमान शेर्मालाई नौ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख १३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी चित्रखर अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ जेठ १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ २० गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको असार ७ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २० गते गरिएको थियो ।
मङ्गल बेघा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…