बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

  ०८१ माघ १४ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रामपुर नगरपालिका–२ का २५ वर्षीय बिक्की दमाईलाई जिल्ला अदालत पाल्पाले २ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायधीश दल बहादुर केसीको माघ १३ गतेको इजलाशले आरोपितलाई दुई वर्ष कैद र २० हजार रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो ।

आरोपितले पीडितलाई २०८१ जेठ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ जेठ २५ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरि अनुसन्धान अगाडि बढाएको थियो । पीडित बालिकाको जेठ २५ गते पाल्पा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना