बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बेलकोटगढी नगरपालिका–४ डाँडाखर्कका ६८ वर्षीय केदारबहादुर भन्ने ऋषिबहादुर बाँसकोटालाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन २ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै दुई वर्ष कैद सजाय, २० हजार जरिवाना र २५ हजार रुपैयाँ पीडितलाई क्षतिपुर्ति भराउन समेत आदेश भएको जिल्ला अदालतको सूचना अधिकारी तथा इजलास अधिकृत रीता लामिछानेले जानकारी दिनुभयो ।
बालिकालाई बाँसकोटाले ०७७ मङ्सिर २४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २९ गते उजुरी दर्ता भएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।
जिल्ला अदालतले आरोपित बाँसकोटालाई ०७७ पुस १६ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…