बलात्कार गरेको कसुरमा दश वर्षजेल सजायको फैसला

  ०७४ भदौ २ गते

२१ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका-६, तिलाहारका २७ वर्षीय सुर्यबहादुर लामिछाने र सोही ठाउँका २७ वर्षीय 'सन्दीप' भन्ने कुलबहादुर क्षेत्रीले जिल्ला अदालत पर्वतले भदौ १ गते दश/दश वर्षको जेल सजाय तथा जनही ५० हजार रुपियाँ जरिबानाको फैसला गरेकेा छ ।

न्यायाधीश मोहनराज भट्टराईको इजलासले आरोपितद्वयलाई सजाय सुनाइएको जिल्ला अदालत पर्वतले जनाएको छ ।

सुस्त मनस्थितिका कारण अपाङ्गता भएकी पीडितलाई ०७३ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले चैत १८ गते प्रहरीमा उजुरी दिएका थिए ।

आरोपितद्वयलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडित युवतीको स्वास्थ परीक्षण चैत १८ गते नै जिल्ला अस्पताल पर्वतमा भएको थियो ।


किशोर सापकोटा