बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

  ०८१ माघ २४ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ ।

जिल्ला अदालतले ०८१ माघ २४ गते घटनाको जानकारी दिँदै आरोपितले अन्तिम पटक ०८० साउन २६ गते बालिकालाई बलात्कार गरेको भन्दै ०८० साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको जानकारी दियो ।

पीडित बालिकाको ०८० साउन २६ गते धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितलाई प्रहरीले ०८० साउन २६ गते गिरफ्तार गरेको थियो ।

यो मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमार्फत् ०८० भदौ २२ गते जिल्ला अदालतमा दर्ता भएको थियो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकको ०८० भदौ २४ गतेको आदेशले आरोपितलाई पुर्पक्षको लागि धुलिखेल कारागारमा राखिएको थियो ।

यस मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले ०८१ पुस २३ गतेको फैसला अनुसार आरोपितलाई ३ वर्ष कैद, ३० हजार जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ ।

 


सुमित्रा आचार्य