बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  असोज ९ गते पाणिनि गाउँपालिका– १ का ४२ वर्षीय भेषबहादुर रोका मगरलाई तीन वर्ष कैद सजायका फैसला गरेको छ ।

जिल्ला न्यायधीश श्रीकृष्णजंग शाहको एकल इजलासले कसुर ठहर गर्दै तीन वर्ष कैद ३० हजार रूपियाँ जरिबाना र २ लाख रूपियाँ क्षतिपूर्ति पीडितलाई भराउने फैसला गरेको जिल्ला अदालतका नासु रामप्रसाद आचार्यले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७८ असार २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २१ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई असार २१ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत ०७८ साउन ३२ गते बलात्कार अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता  भएको थियो ।

जिल्ला अदालतको ०७८ साउन ३२ गते आदेश अनुसार आरोपित पूर्पक्षकालागि थुनामा रहेका थिए ।


कूलबहादुर नेपाली