बलात्कार गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका–३ का ३५ वर्षीय डम्बरकुमार लिम्बूलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार १३ गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै २६ हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ मङ्सिर २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७८ पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ फागुन १ गते सुनसरीको धरान गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा फागुन २४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता थियो ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०७९ फागुन २३ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ मङ्सिर २९ गते गरिएको थियो ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१३ झरुवाराशी का २६ वर्षीय आशिष पुर्कुटीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको…
पहिरोले सडक बगाउँदा जनजीवन कष्टकर
भोजपुरको पाँचधारे-चखेवा सडक पहिरोले बगाएपछि सडक अवरूद्ध भएको छ । पाँचधारे-चखेवा सडक खण्डको रूमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ गाउँपालिका-९ रूमाथुम्की क्षेत्रको घुर्विसेमा क्षेत्रमा पहिरो…
झुटो सिफारिस दिएको आरोपमा जनप्रतिनिधि गिरफ्तार
मृतक व्यक्तिलाई जीवित र जीवित व्यक्तिलाई मृतक भनि सिफारिस दिएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई भदौ २६ गते गिरफ्तार गरेको छ । देवानगञ्ज गाउँपालिका-७ को वडा कार्यालयमा…
मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको चाप बढ्दै ! (फोटो फिचर)
मौसम परिवर्तनका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनका कारण डेङ्गीका साथै भाइरल ज्वरो, टाइफाइड, झाडापखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् । भेरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ भदौ २६ गते उजुरी दिनुभएकाे छ । आरोपितले बालिकालाई ०८१…