बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

  ०८१ मङ्सिर २७ गते

अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर २६ गतेको इजलासले कसुर ठहर गर्दै जन्मकैद सजायको फैसला, ७ लाख रुपियाँ जरिबाना र २ हजार ८ सय ५० रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका नायब शुब्बा अशोक भण्डारीले जानकारी दिनुभयो ।

पीडित महिलालाई घर्तीले ०८० जेठ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० पुस १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घर्तिलाई प्रहरीले पुस १५ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस १५ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।


कुलबहादुर नेपाली