बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

  ०८१ मङ्सिर ११ गते

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-१०, शिखेधाराका २५ वर्षीय राम बहादुर घर्तिमगरलाई जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर १० गतेको इजलासले कसुर ठहर गर्दै जन्म कैद सजायको फैसला र ७ लाख रुपियाँ जरिबाना भएको फैसला सुनाएको जिल्ला अदालत, मुद्दा फाँटका नायब शुब्बा राम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

पीडित बालिकालाई ०८० कात्तिक २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले घर्तिमगरलाई कात्तिक २३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण ०८० कात्तिक २३ गते अर्घाखाँची अस्पतालमा भएको थियो ।


कुलबहादुर नेपाली