बलात्कार गरेको कसुरमा जन्म कैदको फैसला

  ०८१ कात्तिक २९ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५३ वर्षीय बुबालाई जन्म कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक २७ गतेको इजालसले कसुर ठहर गर्दै बुबालाई जबरजस्ती करणीको जन्म कैद, हाडानाता करणीको चार वर्ष कैद सजाय, ७ लाख ४० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

बालिकालाई ०८० असार २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २६ गते इलाका प्रहरी कार्यालय, बानियाँभारमा उजुरी दिएको थियो । प्रहरीले बुबालाई असार २६ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार २६ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।


प्रकाश पौडेल