बलात्कार गरेको कसुरमा जन्मकैद सजाय फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा इच्छाकामना गाउँपालिका-३ का ४० वर्षीय मेघबहादुर प्रजालाई जिल्ला अदालतका न्यायधीश मातृका आचार्यको इजलासले ०८० असोज ११ गते जन्मकैद हुने र पीडितलाई १ लाख रुपियाँ क्षतिपुर्ति भराने फैसला गरेको छ ।

पीडित बालिकालाई प्रजाले ०८० साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २० गते इलाका प्रहरी कार्यालय, मुग्लिनमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २१ गते भरतपुर अस्पतालमा भयो । प्रजा साउन १९ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतको आदेशले प्रजालाई साउन ३० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।


दिपेन्द्र अधिकारी