बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चार जना दोषीलाई फरकफरक सजाय तोकेको छ ।
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले फिदिम नगरपालिका–११ का चित्रे भनिने ३० वर्षीय आकाश आङबोलाई जन्मकैद र फालेलुङ गाउँपालिका–८ का २८ वर्षीय प्रेमराज हाङसरुम्बालाई २० वर्ष कैद सजाय फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको चैत १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारहरुबाट १÷१ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिंजापतिले बताउनु भयो ।
सोही आदेशले घटनाका दोषी १५ वर्षीय बालकलाई जन्मकैद र १४ वर्षीय बालकलाई २० वर्ष कैद सजाय तोकिएको छ । कसुरदार ठहर भएका दुई जना नाबालक रहेकोले बालबालिका सम्बन्धी ऐन २०७४ को दफा ३६(३) र मुलुकी अपराध संहिता २०७४ को दफा ४५(३) अनुसार आधा मात्र सजाय हुने श्रेस्तेदार सिजापतीले बताउनु भयो ।
पीडित बालिकालाई चित्रे भनिने आकाश आङबोले ०७८ मङ्सिरमा, प्रेमराज हाङसरुम्बाले ०७८ पुसमा १५ वर्षीय बालकले पुस १७ गते र १४ वर्षीय बालकले ०७८ साउनमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित चारै जनाविरुद्ध ०७८ पुस १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै आरोपितलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ कात्तिक ७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका तत्कालीन न्यायाधीश योगेन्द्रप्रसाद शाहको ०७९ वैशाख ६ गतेको इजलासले आरोपितमध्ये वयस्कलाई पुर्पक्षका लागि थुनामा र दुई जना बालकलाई बाल सुधारगृह पठाउन आदेश दिएको थियो ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…
मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६…