बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला
१६ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४६ वर्षीय बाबुलाई जन्मकैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख ५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट पीडित राहत कोषमा २८ हजार रुपियाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७६ माघ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७६ माघ ९ गते गिरफ्तार गरेको थियो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७६ माघ २७ गते हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ माघ ९ गते गरिएको थियो ।
जिल्ला अदालतले १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तेहृथुम जिल्ला आठराई गाउँपालिका–४ का २९ वर्षीय प्रेमकुमार खातीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश योगेन्द्रप्रसाद शाहको वैशाख ५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ मङ्सिर ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई ०७७ पुस २६ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २६ गते गरिएको थियो ।
जिल्ला अदालतले २३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फाल्गुनन्द गाउँपालिका–६ का ५४ वर्षीय भीमबहादुर आङदेम्बेलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख ५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ जेठ २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असार २ गते गिरफ्तार गरी जिल्ला अदालतमा असार २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको साउन २० गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २ गते गरिएको थियो ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…