बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका–५ घरकौलीका ३६ वर्षीय रामजी साह तेलीलाई जिल्ला अदालतले चैत २० गते जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश विदुर कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै जन्मकैद र २ लाख ५० हजार रुपियाँ रकम पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई तेलीले ०७६ जेठ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ १७ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।


बुधन साह