बलात्कार गरेको कसुरमा जन्मकैद फैसला
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर विकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पुस १ गते कसुरदार विकलाई २५ वर्ष जन्मकैदसँगै ६ लाख रूपियाँ जरिवाना, १ लाख रूपियाँ पीडितलाई क्षतिपूर्ति र २८ सय रूपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बालिकालाई ०७७ पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले त्यही दिन गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा त्यही दिन भएको थियो ।
जिल्ला सरकारी वकील कार्यालयमार्फत माघ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेश गरेकोमा थुनछेक बहसपछि कसुरदारलाई माघ १३ गते पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो ।
अमर सुनार
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…