बलात्कार गरेको कसुरमा गर्नेलाई १५ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई गर्भवती भएको अवस्थामा बलात्कार गरेको कसुरमा २० वर्षीय आफन्तजनलाई जिल्ला अदालतले असार ४ गते १५ वर्षकैद र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ ।

न्यायाधीश उमेश कोइरालाको इजलासले आरोपितलाई १५ वर्षकैद गर्दै क्षतिपूर्ति दिन आदेश गरिएसँगै महिला तथा बालबालिका कार्यालयबाट पीडित बालिकालाई २ लाख ५० हजार रुपियाँ तत्काल उपलब्ध गराउन पनि आदेश गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ चैत २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि आरोपितलाई प्रहरीले जेठ १ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको पेटमा बच्चा भएको र बच्चा भएको अवस्थामा समेत बलात्कार गरेको भन्दै न्यायालयले शीघ्र न्याय सम्पादन गरेको जनाइएको छ ।

अरोपितलाई जबरजस्ती करणीमा सात वर्ष गर्भवतीलाई करणी गरेकोमा थप पाँच वर्ष र तीनपुस्ता भित्रको हाडनातामा करणी गरेकोमा थप तीन वर्षसजाय गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताए ।

जिल्ला अदालतमा ०७५ जेठ २२ गते दर्ता भएको मुद्दा निरन्तर सुनुवाइ गरी १३ दिनपछि असार ४ गते फैसला गरिएको श्रेस्तेदार काफ्लेले बताए ।


सीताराम अधिकारी