बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कचनकवल गाउँपालिका–१ का २३ वर्षीय शिवचरण हस्दालाई आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश गिरीराज गौतमको माघ ११ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ फागुन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा चैत २४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको ०७७ चैत २५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ चैत १ गते गरिएको थियो ।
नरेश खाती
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…