बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश हरिश्चन्द्र इङ्नामको मङ्सिर १६ गतेको इजलासले घटनाका दोषी सूर्योदय नगरपालिका‒ ६ का २३ वर्षीय सुमन राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी फणिन्द्रराज भट्टराईले बताउनु भयो ।
सोही आदेशले सूर्योदय नगरपालिका‒६ का २३ वर्षीय लोकबहादुर भुजेललाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
अदालतको आदेशले कसुरदार भुजेलबाट पीडितले पाउने गरी ३० हजार रुपियाँ क्षतिपूर्ति र १ हजार रुपियाँ पीडित राहत कोषमा भराउन आदेश भएको सूचना अधिकारी भट्टराईले बताउनु भयो ।
न्यायाधीश इङ्गनामको आदेशले कसुरदार राईलाई पीडितले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन र १ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको सूचना अधिकारी भट्टराईले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकालाई ०७६ मङ्सिर १४ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्धयविरूद्ध ०७६ मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितद्धयलाई प्रहरीले ०७७ साउन १८ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ मङ्सिर २० गते गरिएको थियो ।
बविता मैनाली
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…