बलात्कार गरेको कसुरमा आठ वर्षकैद
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला दुधौली नपा-५ घरभई हाल चाँगुनारायण नपा-२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालतले वैशाख २४ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश मातृका प्रकाश मरासिनीको इजलासले उक्त फैसला सुनाएको हो ।
सो फैसलामा पीडित बालिकाको नाममा महिला तथा बालबालिका कार्यालयबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन भनिएको जिल्ला अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।
पीडित बालिकालाई ०७४ साउन २ गते सुनच्यौरीले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन काठमाडौँको त्रिविवि शिक्षण अस्पतालमा गरिएको ।
पीडित बालिकालाई बलात्कार गरेको आरोपमा सुनच्यौरीलाई प्रहरीले साउन ३ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतको साउन २७ गते आदशले पुर्पक्षको लागि थुनामा पठाइएको थियो ।
सविना केसी
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…