बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला
२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडक नगरपालिका–९ का २६ वर्षीय मो. सद्दामलाई अदालतले वैशाख २१ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश इश्वरमणी ओझाको इजलासले अभियोग दावी पुग्ने भन्दै आठ वर्ष कैद र २ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
खडक नगरपालिका–७ कल्याणपुरस्थित खेतबारीमा रोपाइ काम गरी घर फर्किन लागेका बेला ललाइफकाई करकापमा पारी धाकधम्की देखाई आँपघारीमा सद्दामले ०७८ असार १० गते राति बलात्कार गरेको भनी पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार १४ गते उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा ०७८ असार १८ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७८ असार २९ गते उजुरी दर्ता गरेको थियो । प्रहरीले ०७८ साउन ८ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतमा साउन २९ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले सद्दामलाई साउन ३१ गते १ लाख रुपियाँ धरौटी राख्न लगाई पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…