बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

  ०७८ पुस ३० गते

६० वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आमचोक गाउँपालिका–५ का ४१ वर्षीय पदमबहादुर विश्वकर्मालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश गेहेन्द्रराज पन्तको पुस २९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ४० हजार रुपियाँ जरिबानाको आदेश भएको अदालतका श्रेस्तेदार नवराज कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

वृद्धालाई आरोपितले ०७७ असार १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असार १८ गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०७७ असार ३० गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ असार १७ गते गरिएको थियो ।


गणेश विष्ट