बलात्कार गरेको आरोपमा गिरफ्तार

  ०७९ साउन १८ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–८ का २७ वर्षीय करन गहतराजलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै सोही दिन राति परिवारका सदस्यले प्रहरीमा मौखिक उजुरी गरेका थिए ।

पीडित पक्षको मौखिक उजुरीको आधारमा १४ गते राति नै आरोपित गहतराजलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी सन्तोष पाठकले बताउनु भयो ।

पीडित पक्षले साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

पीडित बालिकाको साउन १५ गते मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी पूर्वमा स्वास्थ्य परीक्षण गरिएको डिएसपी पाठकले जानकारी दिनु भयो ।

आरोपित गहतराजलाई नवलपुर जिल्ला अदालतबाट साउन १५ गते ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान गरिरहेको पाठकले बताउनु भयो ।


तिर्थराज डुम्रे