बलात्कार गरेकाे कसुरमा सात वर्ष कैद सजायकाे फैसला

  ०७७ फागुन १७ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोदी गाउँपालिका१ भुकताङलेका ३२ वर्षीय दिपक परियार भन्ने लालकाजी दमैलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत पर्वतका न्यायाधीश बलराम त्रिपाठीको फागुन १६ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा आरोपितलाई सात वर्ष कैद सजाय र २५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत पर्वतका श्रेष्तेदार रामबहादुर थापाले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७७ मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई ०७७ मङ्सिर ७ गते गिरफ्तार गरी आरोपितविरुद्ध जबरजस्ती करणी र्शीषक अन्तरर्गत मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत पर्वतको आदेशले आरोपित मङ्सिर १४ गतेदेखि पुर्पक्षको लागि थुनामा थिए ।


सन्तोष थापा