बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा तरही गाविस-८ का १८ वर्षीय चनरदेव सदालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई गत साउन १२ गते सदा र १९ वर्षीय ओमप्रकाश सदाले बलात्कार पछि कालो सलले बाँधी साउन १२ गते हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा पीडित बालिकाका अभिभावकले साउन ३० उजुरी दिएका थिए ।
पीडित बालिकाको शवको पोष्टमार्टम राजविराज नपा-३ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन १३ गते गरिएको थियो ।
आरोपित चनरदेवलाई गिरफ्तार गरी जिल्ला अदालतबाट भदौ २९ गते म्याद थप गरिएको र फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुर्ययनारायण यादवले जानकारी दिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…