बलात्कार गरी हत्या घटनाका आरोपित काका गिरफ्तार
१७ वर्षीया भतिजीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले पुचौँडी नगरपालिकाका ३० वर्षीय काकालाई ०८१ वैशाख ३ गते गिरफ्तार गरेको छ ।
डेढ वर्ष अघि भागेर विवाह गरेकी बालिका ०८० चैत २६ गतेदेखि सम्पर्क विहिन भएकी भन्दै माईती पक्षले प्रहरीमा निवेदन दएपछि घटनाको अनुसन्धान गर्दा बालिकाका काकाले नै बलात्कार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएकोले बालिकाका काकालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी दिपक गीरीले बताउनु भयो ।
बालिकाका माइती पक्षले बालिका हराएको जाहेरी दिएपछि प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको थियो । बालिकाको शव पुचौँडी नगरपालिका–४ स्थित रानीवन जङ्गलमा ०८० चैत २८ गते फेला परेको थियो । बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको पोष्टमार्टमबाट खुलेको र आरोपितले बालिकालाई पटकपटक करणी गर्दा गर्भ रहेपछि बालिकालाई जङ्गलमा बोलाई ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा पाइएको डिएसपी गीरीले बताउनु भयो ।
मृतक बालिकाका पति २०८० साउन महिनादेखि रोजगारीको शिलसिलामा भारतमा रहनुभएको बुझिएको र शवको पोष्टमार्टम ०८० चैत ३० गते जिल्ला अस्पताल, बैतडीमा गरेपछि आफन्तहरुले ०८१ वैशाख १ गते दाहासस्कार गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर खेमविक्रम केसीले बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…