बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले झापा जिल्ला गौरादह नगरपालिका–५ कोभारा घर भई महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङ बस्ने ५१ वर्षीय डिल्लीराम शिवाकोटीलाई १२ वर्ष कैद र ५ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश ऋषिराम आचार्यको ०८१ वैशाख १६ गतेको आदेशले उक्त सजाय तोकेर नख्खु कारागार चलान गरेको अदालतका सूचना अधिकारी राम सजिवन महतोले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितले ०७९ वैशाख ४ गते पनि बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी वृत्त चापागाउँ, ललितपुरमा ०७९ वैशाख ५ गते उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई गिरफ्तार गरी ०७९ वैशाख २५ गते जिल्ला अदालत, ललितपुरमा पेश गरेकोमा जिल्ला अदालतको वैशाख २५ गतेको आदेश अनुरा आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते पाटन अस्पतालमा गरिएको थियो ।


दीपकप्रसाद घिमिरे